skip this farak Kura Pravakar

अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

543 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएकोमा  १२७ जना नेपाल आइपुगेका हुन् ।
नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

nijgadh-supermart-adz1200-630