skip this

एमसीसीको विरोधमा चन्द्रागिरिमा सत्तागठबन्धकै दलको राँके जुलुस

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा चन्द्रागिरिमा मसाल जुलुस निकालेको छ ।
नेकपा मसाल, राष्ट्रिय जनमोचा र नेकपा एकीकृत समाजवादी पाटीले संयुक्त रुपमा साझ ८ वजे विरोध स्वरुप चन्द्रागिरि ६ मातातिर्थवाट गुजुधारा चोक सम्म विभिन्न नारावाजीसहित मसाल जुलुस निकालेको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्वुले गुजुधारा चोक पुगेको मसाल जुलुस सहितको आन्दोलकारीको मसाल खोसेर नियन्त्रणमा लिएको थियो । मसाल जुलस पछिको कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका युवा नेता तथा चन्द्रागिरि नगर ईन्चाज रोशन दानीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्न दिन नहनु बताए ।
उनले भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन् । नेता दानीले ५०÷६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए । एमसीसी परियोजना संसद्बाट कुनै पनि हालतमा पास गर्न नहुनेमा दानीको जोड थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पाटीका नेता भाईकृष्ण बलामीले सम्पूर्ण नेपाली एमसीसीको विरोधमा भएकाले संसदबाट पारित हुने अवस्था नभएको भन्दै कुनै पनि हालतमा मर्न परेपनि एमसीसी पास हुन नदिने बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा चन्द्रागिरि नगर कमिटि अध्यक्ष मोहन जिसी, समाजवादीका युवा नेता अमिर श्रेष्ठ, युवा नेता विर कृष्ण महर्जन, दिपक तिम्लसिना लगायत नेता कार्यकताहरुको सहभागी रहेको थियो ।

nijgadh-supermart-adz1200-630