बागमति प्रदेशका युवा परिषदका कार्यकारी उपाध्यक्ष चौंलागाँई निलम्बित
वि.सं.२०७८ फागुन ५ बिहीवार १५:५७

शान्तकुमार सापकोटा
हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँईलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्विकृति वेगर लोगो तथा स्लोगन सार्वजनिक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिबिधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरिएको बागमती सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले जानकारी दिए ।
२०७८ जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।
यस्तै मन्त्रीपरिषद्ले प्रदेश यातायात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगदिशचन्द्र ढुंगानाले दिएको राजिनामा गरेको छ । उनले २०७७ फाल्गुण ११ गते पदबाट दिनुभएको राजिनामा पनि स्विकृत गरेको छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १५:५७
















