पाँच जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे ?
वि.सं.२०७८ फागुन ६ शुक्रवार ०७:५४
846
shares

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ हेरफेर गरेको छ ।
नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।
धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायणप्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पूर्वमा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई पठाइएको छ ।
नियमित सरुवाअन्तर्गत नै केही जिल्लाका सिडिओ हेरफेर भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार ०७:५४

















