अज्ञात समुहले कलंकीमा राखेको बम ‘डिस्पोज’ (फोटोफिचर)
वि.सं.२०७८ फागुन ६ शुक्रवार ०८:५१

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ ढुगेंअड्डामा रहेको कालीका पेट्रोलपम्प नजिकै फेला परेको बम फेला निष्कृय पारिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरीको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बम कसले राखेको भन्ने खुलेको छैन् । एमसीसीविरुद्ध आन्दोलन चर्किँदै जाँदा कलंकीमा शुक्रबार बिहानै बम फेला परेको हो ।
दुई वटा प्रेसर कुकर र एउटा झोलामा राखेको अवस्थमा तीन वटा बम फेला परेको थियो ।
नक्कली बम
‘नो एमसीसी’ र तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । उनकाअनुसार जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र एउटा खाली कुकर खाली रहेको भेटिएको छ ।
बम राखेपछि स्थानीय त्रसिद भएका थिए । बम राखेका कारण सयौं सवारी साधन सडकमै रोकिएका थिए । ठुलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो ।
बम निष्कृय भएसंगै सवारी साधनलाई गन्तब्यमा पठाईएको छ । जनजीवन सामान्य बन्दै गएको छ ।
हेर्नुस् तस्वीर






वि.सं.२०७८ फागुन ६ शुक्रवार ०८:५१

















