skip this

उडान स्वीकृती लिँदै गौतमबुद्ध विमानस्थल

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव छिटै नै परीक्षण उडान पश्चात नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सर्टिफिकेशन सकेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा रहेको छ । फागुन १५ सम्म हुने क्यालिब्रेशन फ्लाईटपछि परीक्षण उडान हुने र त्यसपश्चात आइकाओको सर्टिफिकेट लिने प्रक्रिया अगाडि बढ्ने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि यो मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा आउने छ । काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थल छ दशकअघिबाटै अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा छ । नेपालमा तीन दशक अगाडिबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको अन्यथा काठमाडौँको विमानस्थलले मात्रै नेपालको हवाई चाप धान्न नसक्ने भनेर सिफारिश गरिएको थियो।
अब भने त्रिभुवन विमानस्थलपछि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा पुगेको छ । यस विमानस्थलबाट पाँच घण्टा बढीको हवाई उडान अवधि रहने ठाउँहरुमा पनि सेवा दिन सकिने विमानस्थलले जनाएको छ ।
हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणहरु जडान र क्यालिब्रेशन फ्लाईटको ठेक्का पाएको एरोनोटिकल रेडियो अफ थाईल्याण्ड (एरो थाई) को विशेष विमानले परीक्षण उडानको कामहरु गरिरहेको छ । यान्त्रिक परीक्षण उडान पश्चात नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट परीक्षण उडान गर्ने त्यससँगसँगै आइकाओको सर्टिफिकेशन सकेर यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको छ ।
यस विमानस्थलबाट हवाई सेवा सञ्चालनका लागि एअर स्पेश, रुट डिजाइन, फ्लाईट प्रोसिडियोर लगायतका सबै तयारी पूरा भएको विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630