लगातारको झरी मंगलबारदेखि रोकिने, यी स्थानमा आज दिउँसो‘भारी’ वर्षा हुने
वि.सं.२०७८ भदौ १४ सोमवार ०८:२१
420
shares
काठमाडौं : लगातारको झरी भोलिदेखि कम हुने भएको छ ।
मनसुनी वायुको प्रभाव कम हुँदै गएकाले अब लगातारको झरी रोकिने मौसमविद्ले जनाएका छन् । महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७८ भदौ १४ सोमवार ०८:२१