मेस्सीको डेब्यू खेलमा एम्बाप्पेले गरे गोल
वि.सं.२०७८ भदौ १४ सोमवार ०८:१४
1.03K
shares
काठमाडौँ : लियोनल मेस्सीको डेब्यु गरेको खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि केलियन एम्बाप्पेले गोल गरेका छन् ।
आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोलले हराएको हो । नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मेस्सी ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए ।
मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए । खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए ।
६३ औं मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरे । जितसँगै पीएसजी ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्सको ३ अंक मात्र छ ।
वि.सं.२०७८ भदौ १४ सोमवार ०८:१४