कृष्णजन्माष्टमीमा यस्तो देखियो पाटन (फोटो फिचर)

वि.सं.२०७८ भदौ १४ सोमवार १८:१३

काठमाडौं : भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन् । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ ।
कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ । कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणहरूमा उल्लेख छ ।
आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ। नेपाल र भारतमा रहेका श्रीकृष्ण मन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ ।
कोरोनाका कारण पाटनको कृष्ण मन्दिर बन्द रहे पनि बिहानैदेखि श्रद्धालुको मन्दिर परिसर पुगेर बाहिरैबाट दर्शन गरेका थिए । केहि भक्तजनले कृष्णको भेषमा सज्जिएर बालकहरुले ल्याएका थिए । बालकहरुले दशर्नाथीको ध्यान तानिरहेका थिए ।
हेर्नुहोस् फोटो

वि.सं.२०७८ भदौ १४ सोमवार १८:१३