skip this yams_Max_Hospital.jpeg

२२ सय ९५ जना संक्रमित थपिँदा १६ जनाको मृत्यु

561 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : देशभरि सोमबार २ हजार २ सय ९५ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार १६ हजार २ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ९५ जना संक्रमित भेटिएका हुन् ।
आज १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट १० हजार ७ सय ३० जनाले ज्यान गुमाइसकेका छन्।
यस्तै आज १ हजार ८ सय ८ जनाले कोरोना पराजित गरेका छन्। हाल नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत पुगेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ५ सय ६८ जना संक्रमित आइसियू र १ सय ६० जना भेन्टिलेटरमा उपचाररत छन्।

nijgadh-supermart-adz1200-630