skip this farak Kura Pravakar

चालु आर्थिक वर्षमै १० हजारलाई रोजगारी दिने लुम्बिनी प्रदेश मुख्यमन्त्री केसीको घोषणा

1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नव नियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारको प्राथमिकताबारेमा सार्वजनिक मञ्चबाट घोषणा गर्न थालेका छन् । मुख्यमन्त्री केसीले चालु आर्थिक वर्ष १० हजार युवालाई रोजगार दिने गरी सरकारले कार्यक्रम तय गर्न लागेको जनाएका छन् ।
‘यो सरकारको प्राथमिकता भनेकै शिक्षा, स्वास्थ्य र रोजगार हो,’ उनले भने, ‘यस वर्ष मात्रै हामी १० हजार युवालाई रोजगारी दिने गरी कार्यक्रम तय गर्दैछौं ।’
डिजिटल शिक्षा
प्राणघातक लगायत अन्य विभिन्न रोग लागेकाहरूलाई सर्वसुलभ ढंगले उपचार गराउने र आधुनिक प्रविधिको जमानामा डिजिटल शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उनले बताए ।
उनले भने, ‘रोग लागेका कोही पनि उपचारबाट वञ्चित हुन नपर्ने र गुणस्तरीय शिक्षाबाट कोही पनि वञ्चित हुन नपर्ने गरी सरकारले काम सुरु गरिसकेको छ ।’
प्राणघातक रोगको विरामीलाई ३ लाख
प्राणघातक रोग लागेकाहरूको उपचारमा ३ लाख रुपैयाँ सहयोग गर्ने नीतिगत निर्णय भइसकेको र अब छिटै कार्यान्वयनको चरणमा जाने उनले बताए ।
सहिद परिवारलाई रोजगारी
मुख्यमन्त्री केसीले जनतासँग जोडिने गरी पार्टीको संरचनामा र पार्टीलाई समावेशी बनाउने गरी पुनर्संरचना गरिएकाले अब नेकपा माओवादी केन्द्र पहिलो नम्बरको पार्टी हुने दाबीसमेत गरे । जनयुद्धका घाइते, अपाङ्ग र सहिद परिवारको योगदानलाई कदर गर्दै उनीहरुको जीविकोपार्जन हुने गरी सीप र आय आर्जनमुलक कार्यक्रममार्फत रोजगारी सिर्जना गर्न लागिएको उनले बताए ।
लुम्बिनी टावर
मुख्यमन्त्री केसीले कपिलबस्तुलाई अगाडी बढाउदा प्रदेशलाई नै फाईदा हुनेका साथै कपिलबस्तुमा राम्रो लुम्बिनी टावर बनाउने प्रतिबद्धता जाहेर गरेका छन ।
‘हाम्रो पहिलो प्रथामितकता कोभिडबाट कसरी बच्ने त्यस्ता कार्याक्रम ल्याउन हाम्रो अभियान रहेको छ । प्रत्येक नागरिकको जिवन राक्षा गर्नै हाम्रो अभियान रहेका र आवश्यक पर्यो भने संघबाट पनि सहयोग लिईनेछ ।’ मुख्यमन्त्री केसीले बताए ।
प्रदेशको पूर्ववर्ती सरकार नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै मुख्यमन्त्री केसीले प्रदेशको विकास र सुशासनका लागि जनताले अनुभूत गर्नेगरी प्रदेश सरकारले काम गर्ने दाबी गरे ।

 

nijgadh-supermart-adz1200-630