जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय अगाडि फोहोर फालेर विराेध
वि.सं.२०७८ भदौ १५ मंगलवार १०:५७
1.99K
shares

बारा : सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर विराेध गरिएको छ ।
सिमराका युवाहरुकाे एक समुहले मंगलबार विहान जीतपुरस्थित जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर विराेध गरेको हो । 
उनीहरूले सिमरा चाेकबाट आफैले फाेहाेर ट्याक्टरमा संकलन गरे कार्यालय अगाडि फोहोर फालेर सांकेतिक विरोध गरेका हुन् । 
घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् । जसका कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् । सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ ।
वि.सं.२०७८ भदौ १५ मंगलवार १०:५७
















