ब्लक उद्योगकाे फित्तामा बेरिएर मजदुरको मृत्यु

वि.सं.२०७८ भदौ १६ बुधवार १७:३८
477
shares

तनहुँ : तनहुँको शुक्लागण्डकी-२ साँखरमा मेसिनको फित्तामा बेरिएर बुधबार विहान एक मजदुरको मृत्यु भएको छ ।
न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत २१ वर्षिय केशव चौधरीको फित्तमा बेरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ९ घर भई हाल ३ वर्षदेखि सो ब्लक उद्योगमा काम गर्दै आएका चौधरीको तनहुँ सेवा हस्पिटलमा उपचारकोलागि ल्याइएकोमा चिकित्सले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
एक्लै काम गरेको उनलाई बेरिएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । चौधरीको शव पोष्टमार्टको लागि दमौली पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ भदौ १६ बुधवार १७:३८