skip this farak Kura Pravakar

कोरोनाभाइरस २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या बढ्यो

411 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : बितेको २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
    बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो ।
   बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ ।
   यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।

nijgadh-supermart-adz1200-630