दाउन्नेमा पहिरो, यातायात सेवा अवरुद्ध

वि.सं.२०७८ भदौ १८ शुक्रवार ०९:२०
1.17K
shares

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।
दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान करिब २ बजेतिर पहिरो गएकाले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार पहिरो पन्छाउने क्रम जारी छ ।
तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन सकिएको छैन । नवलपरासी क्षेत्रमा बिहीबार रातिदेखि नै पानी परिरहेको छ ।
पूर्वबाट आइरहेका गाडीहरुलाई दुम्कीवासमा र पश्चिमतर्फबाट आइरहेका गाडीहरुलाई बर्दघाटमा रोकिएको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार ०९:२०