पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ ।
कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको हो ।
पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ ।
वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

nijgadh-supermart-adz1200-630