प्रदेश १ मा ३४९ जना सङ्क्रमित

वि.सं.२०७८ भदौ २४ बिहीवार २१:०१

**EDS: RPT CORRECTS TYPO** New Delhi: Medics attend to a COVID-19 patients at Shehnai Banquet Hall, temporarily converted into an isolation ward, as coronavirus cases surge across the country, near Lok Nayak Jai Prakash (LNJP) Hospital in New Delhi, Tuesday, April 13, 2021. (PTI Photo/Manvender Vashist) (PTI04_13_2021_000116A)
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६ मध्ये विराटनगरमा ४३, सुनसरीमा ७१, धनकुटामा छ, इलाम र उदयपुरमा चार/चार, पाँचथर र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको हो ।
प्रदेशमा आजै ३५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७१ महिला र १८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार २१:०१