मनसुनी वायुको प्रभाव कम, यस्तो छ तीन दिनको मौसम
वि.सं.२०७८ भदौ २८ सोमवार ०७:४५
काठमाडौँ : नेपालमा मनसुनी वायुको प्रभाव कम हुँदै गएको छ ।मनसुन सकिन दुई साता मात्र बाँकी रहँदा झरी पर्ने क्रम बन्द भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।अज दिउँसो देशभर सामान्य बदली रहनेछ ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । भोलि मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बुधबार राति भने प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
वि.सं.२०७८ भदौ २८ सोमवार ०७:४५