पथलैया–वीरगञ्ज सडक निर्माणमा ढिलासुस्ती, स्थानीयले गरे सडक अवरुद्ध, नेकपा (एस) ले बुझायो ज्ञापन पत्र
वि.सं.२०७८ भदौ २८ सोमवार ०९:३१
बारा : पथलैया–वीरगञ्ज व्यापारिक मार्गको विभिन्न खण्डमा निर्माण अलपत्र हुदाँ स्थानीयले सास्ती व्यहोर्दै आएका छन् । सडकको अलपत्र अवस्थाले स्थानीयको स्वास्थ्यदेखि व्यवसायनै जोखिममा परेको छ । सडक निर्माण अलपत्र भएको कारण उड्ने धुलोको नियन्त्रणको लागि गरेको प्रतिवद्धता पुरा नगर्दा स्थानीय आक्रोशित भएका छन् ।
सडक अवरुद्ध
धुलोले आक्रान्त ब्यपारीहरुले आईतबार तीन घण्टा आफ्नो ब्यापार÷ब्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएका थिए । जीतपुरका व्यपारीहरुले ४ घण्टा चक्काजाम गरे । व्यापारिहरुले दिउँसो १ बजे देखि ४ बजेसम्म सडक अवरुद्ध गरेका हुन् ।
स्थानीय प्रशासन र प्रहरीको सहकार्यमा चक्काजाम खुलाईएको छ । वीरगञ्ज–पथलैया ब्यपारिक मार्गको कार्यालयले नियमित रुपमा सडकमा पानी छर्कने प्रतिबद्धता जनाएपछि आन्दोलनकारीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका हुन् ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष मनोज गुप्ता, महासचिव शिवजी साह सोनार,रेडिमेड ब्यवसायी संघ जीतपुरका अध्यक्ष प्रकाश गिरी, युवा नेता मनोज साह लगायतले अगुवाई गरेका थिए ।
सडक छिटो बनाउँन दबाव समेत दिएका थिए । सडक निर्माण भए समस्या समाधान हुने भन्दै निर्माणका कार्यलाई तिब्रता दिन दबाव दिएका हुन् ।
समाजवादीको ज्ञापन पत्र
पथलैया–वीरगन्ज सडक खण्डको सुर्य नेपाल देखि जीतपुर गढीमाई सम्मको सडक निर्माण कार्य ढिलासुस्ती भएको विषयमा नेकपा (एकिकृत समाजवादी) पार्टीले आईतबार व्यापारीक मार्ग विस्तार योजनाको कार्यालय पथलैयमा ज्ञापनपत्र बुझाएको छ ।
सडक निर्माण ढिलासुस्ती रुपमा भई रहेको महसुस गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) बाराको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा जनाईएको छ ।
ढिलासुस्ती रुपमा सडक निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न आवश्यक भएको विषयमा जोड दिनु पर्ने भन्दै नेकपा (एस) ले तीन सुत्रिय माग अघि सारेको छ ।
पथलैया–वीरगञ्ज सडक खण्डमा बाँकी रहेको सडक निर्माण कार्य तोकिएको अवधी भित्र अनिवार्य पूरा गर्नुपर्ने, सडक निर्माण कार्य ढिलो गतिमा भई रहेकोले तिव्रता दिनुपर्ने र सडक निर्माण भई रहेको क्षेत्रमा खल्ड–खुल्डी, धुलो ध्वं तथा प्रदुषण लाई नियन्त्रण गर्न खल्डखुल्डी पुर्ने काम र नियमितरूपमा सडकलाई भिजाई रहनु पर्ने भएकोले नियमित रुपमा पानीले सडक भिजाउने काम गर्नुपर्ने माग ज्ञापन पत्र मार्फत गरिएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) केन्द्रीय कमिटी सदस्य दनेश राई र नेकपा (एकीकृत समाजवादी ) बारा सुन्दर विश्वकर्माद्धारा हस्ताक्षरित विज्ञप्ती आयोजना प्रमुख मनिषकुमार झालाई बुझाईएको हो ।
ज्ञापन पत्र बुझाउन केन्द्रीय सदस्य राई, प्रदेश सांसद सुन्दर विश्वकर्मा, सीता गुरुङ, अनेमसंघकी केन्द्रीय सदस्य चमिना भट्टराई, जिल्ला कोषाध्यक्ष कमला अधिकारी, जिल्ला सदस्य मन्जु भट्टराईसहित वडा नं. १ का सदस्य रामदास धौजु र चिनिमाया नेपाली लगायत सहभागि थिए ।
वि.सं.२०७८ भदौ २८ सोमवार ०९:३१