skip this

बँदेललाई थापेको विद्युतीय पासोमा परि एकै परिवारका तीनको मृत्यु

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
गएराति करिब १० बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो।
सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको प्रहरी निरीक्षक रोकायाले जानकारी दिए।
बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

nijgadh-supermart-adz1200-630