skip this yams_Max_Hospital.jpeg

साढेँ ५ लाख मूल्य बराबरको मोवाईल सेटको बण्डल बसबाट गायब !

585 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको जीतपुरस्थितद जैसवाल मोबाईल सेन्टरका सञ्चालक अजय जैसवालले बसमार्फत ५ लाख ५४ हजार ५ सय मुल्य बराबरको मोबाईल सेटहरु धनगढीस्थित एक पसलको लागि पठाए ।
वीरगञ्जबाट धनगढी चल्ने ना.४ ख ६३७६ नम्बरको बसमा साउन २९ गतेमा पठाएको मोबाईलको बण्डल पठाएको ठाउँमा नपुगेपछि जैसवाल प्रहरी कार्यालय पुगे ।
मोबाईल सेटहरु सम्बन्धित ठाउँमा नबुझाएपछि सञ्चालक जैसवालले धनगढी प्रहरीमा दिएको उजुरीका आधारमा झण्डै एक महिनापछि बसका सञ्चालक, चालक र सहचालकलाई पक्राउ परे ।
भदौ २४ गते जिल्ला प्रहरी कार्यालय धनगढीले बसका चालक गोदावरी नगरपालिका वडा नं. १ का सुमन चौधरी, कैलाली घोडाघोडी नगरपालिका वडा नं.३ का बसका सञ्चालक तपेन्द्र बोगटी र बैतडी नागार्जुन गाउँपालिका वडा नं.३ घर भई गोदावरी बस्दै आएका बस सहचालक गणेश जोशीलाई पक्राउ गरेको हो ।
जिप्रका धनगढीले थप आवश्यक अनुसन्धानको लागि भदौ २५ गते तीनै जनालाई ईलाका प्रहरी कार्यालय सिमरालाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय सिमराले तीनै जनालाई नियन्त्रणमा राखि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
मोवाईल चोरी !
लाखौँ मुल्य पर्ने सम्बन्धि ठाउँमा नबुझाई गायब गरेको आरोपमा उजुरीको आधारमा प्रहरीले पक्राउ गरेका तीनै जनाले बसबाट मोबाईल हराएको दाबी गरेका छन् ।
मोवाईल लैजाने क्रममा बस दुर्घटना परेको उनीहरुको भनाई छ । बस दुर्घटनामा परेपछि घाइते यात्रुलाई अस्पताल पु¥याउन लाग्दा बसमा राखिएको मोबाईलका सेटहरु चोरी भएको उनीहरुले बयान दिएको ईप्रका सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630