निजगढ विमानस्थल निर्माणको काम अदालतले रोक्नु दुःखद : राजेन्द्र लिङ्देन
वि.सं.२०७९ जेठ १३ शुक्रवार ०८:२५
1.78K
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाउनु दुःखद भएको बताएका छन्।
बिहीबार सर्वोच्च अदालतले विमानस्थल निर्माणको काम तत्काल रोक्न परामदेश जारी गरेपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको छ। एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको यसप्रकारको अन्त्य दुःखद छ।’

वि.सं.२०७९ जेठ १३ शुक्रवार ०८:२५

















