निजगढ विमानस्थलको काम रोक्ने अदालतको फैसलामा बाबुराम भट्टराईको आपत्ति
वि.सं.२०७९ जेठ १३ शुक्रवार ०८:५७
1.39K
shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको बताएका हुन् ।
आफूले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं । तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको स्मरण गर्दै उनले भनेका छन्, ‘अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु। फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु ।’
वि.सं.२०७९ जेठ १३ शुक्रवार ०८:५७
















