skip this

छुवाछूत तथा भेदभावका घटना भएमा कानूनी उपचारको बाटो खोज्न गणेशप्रसाद तिमिल्सिनाको आग्रह

819 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।छुवाछूत तथा भेदभावका घटना भएमा कानूनी उपचारको बाटो खोज्न जनसमुदायमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आग्रह गरेका छन्।जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले छुवाछुत तथा भेदभाव निरुपणका लागि कानूनी उपचारको व्यवस्था भएको हुँदा, यस्ता प्रकृतिका घटना भएमा सबै जनसमुदायमा कानूनी उपचारको मार्ग अवलम्बन गर्न आग्रह गरेका छन् ।

हरेक व्यक्ति, परिवार, समाज तथा राष्ट्र नै समतामूलक समाज निर्माणको पक्षमा लाग्नुपर्ने उनले बताएका छन्। ‘समतामूलक समाज निर्माण गर्न जातीय भेदभाव तथा छुवाछुतको पीडामा परेका व्यक्ति, परिवार तथा समुदाय मात्र नभएर हरेक व्यक्ति, परिवार, समाज तथा राष्ट्र नै लाग्नु पर्ने राष्ट्रको आवश्यकता छ’ तिमिल्सिनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

nijgadh-supermart-adz1200-630