बुटवलका मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता पक्राउ
वि.सं.२०७८ असोज ५ मंगलवार ०९:२८
काठमाण्डौं : बुटवल बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पङ्गेनीलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
पङ्गेनी पहिरो प्रभावित ज्योति नगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले जानकारी दिए ।
यो पनि पढ्नुस्
https://faraknepal.com/2860
घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए । पहिरो अवलोकनको लागि भन्दै मेयर बुटवलको लक्ष्मीनगर र ज्याेतिनगर क्षेत्रमा गएका थिए। सोही क्रममा स्थानीयले आफूहरू पहिरो पीडित हुँदा सरकारले केही नगरेको भन्दै आक्रोश पोखेका थिए भने पङ्गेनीले मुक्का नै हानेका थिए ।
यो पनि पढ्नुस्
https://faraknepal.com/2840
हेर्नुस् भिडियो
वि.सं.२०७८ असोज ५ मंगलवार ०९:२८