घरछेउकै पाेखरीकाे डिलमा घाँस काट्न गएकि बृद्धालाई हात्तीकाे आक्रमण, स्थानीय आन्दाेलित
वि.सं.२०७८ असोज ५ मंगलवार ११:१३
काठमाडौं : सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनकी ६५ वर्षीया ममनीदेवी खत्वे घरछेउकै पाेखरीकाे डिलमा घाँस काट् गएकी थिईन् ।
गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले साेमबार उनलाई आक्रमण गर्याे । खत्वे गम्भीर घाइते भईन् ।
उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा बृद्धाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए ।
आरक्षणको हात्तीबाट असुरक्षित
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केने जङ्गली हात्तीबाट स्थानीय असुरक्षित भईरहेका छन् । बृद्धा खत्वेलाई पनि त्यहीँबाट आएको हात्तीले आक्रमण गरेकाे हाे ।
स्थानीय आन्दाेलित
खत्वेको हात्तीको आक्रमणबाट मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् ।
पटक–पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन् ।
जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरिएकाे स्थानीयवासीले जनाएका छन् ।
केही दिन अगाडि मात्र जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–२ का एक जनाको समेत मृत्यु भएको थियो ।
वि.सं.२०७८ असोज ५ मंगलवार ११:१३