एमसीसी बारे एकीकृत समाजवादीकाे धारणा सार्वजनिक : यथास्थितिमा अनुमोदन गर्न सक्दैनौं

वि.सं.२०७८ असोज ७ बिहीवार १४:४३
1.03K
shares

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ ।
केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ ।
यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १४:४३