राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित, अब प्रतिनिधिसभामा सन्देश पठाउने
वि.सं.२०७८ असोज ७ बिहीवार १४:३६
417
shares
काठमाडौं : राष्ट्रियसभाले विनियोजन विधेयक (बजेट) २०७८ पारित गरेको छ ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।
बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ ।
आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ । विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।
वि.सं.२०७८ असोज ७ बिहीवार १४:३६