प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी, अवरोधकै बीच बैठक अगाडि बढ्यो (Live)

वि.सं.२०७८ असोज ७ बिहीवार १५:०८
1.43K
shares

काठमाडौँ : प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।
सभामुख अग्नि सापकोटाले एमाले सांसदहरुलाई पटक पटक आसनमा बस्न रुलिङ गरेका छन् । तर, एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गरिरहेको छ ।
बिहीबार बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने कार्यसूची छ । एमाले सांसदहरुले नाराबाजी जारी राखे पनि सभामुख सापकोटाले बैठक अगाडि बढाएका छन् ।
हेर्नुस् लाईभ

वि.सं.२०७८ असोज ७ बिहीवार १५:०८