नयाँ सरकारकाे बजेट स्वीकृत, एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित
वि.सं.२०७८ असोज ७ बिहीवार १५:१८
काठमाडौँ : प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित भएका छन् । बिहीबार बसेको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वेल घेराउ गरेर नाराबाजी जारी राखे पनि सभामुख अग्नि सापकोटाले बैठकको कार्यसूची अगाडि बढाएका थिए। प्रतिनिधिसभाले यसअघि विनियोजन विधेयक २०७८ पारित गरिसकेको छ ।
सो विधेयक बिहीबार राष्ट्रियसभाबाटसमेत पारित भइसकेको छ । प्रतिनिधिसभाले बजेटसँग सम्बन्धित तीनवै विधेयक बहुमतले पारित गरेको हो । राष्ट्रपतिबाट प्रमाणिकरण बाँकी
नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए । सो विधेयकलाई आज बसेको राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकले पारित गरेको हो । राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । सदनबाट पारित भएको विधेयकलाई सभामुखले आजै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सम्भावना छ ।
वि.सं.२०७८ असोज ७ बिहीवार १५:१८