skip this yams_Max_Hospital.jpeg

संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी डा. केसीको प्रदर्शन

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

न्युयोर्क : विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोविन्द केसीले सहभागिता जनाएका छन् ।
   गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउँसो १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा डा केसीले सहभागिता जनाएका हुन् ।
   त्यहाँ उनलाई साथ र समर्थन गर्न आएका नेपाली समुदायले विभिन्न नारा लेखेका सामग्रीहरू प्रदर्शन समेत गरेका छन् ।
   विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन भएकाे हाे ।
प्रा डा केसीले देशव्यापी भन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले आफूले उठान गरेका मुद्दाहरू नेपालमा मात्र हैन विश्वव्यापी मञ्चमा उठाउनु दायित्व ठानी त्यसलाई मूर्तरूप दिन अमेरिका आएको बताएका छन् ।
   २१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस रहेको थियो र संयुक्त राष्ट्र संघको महासभा भएकोले उक्त अवसरमा विश्वको ध्यान पुगोस् भन्दै शान्ति प्रदर्शनमा सहभागिता जनाएका हुन् ।
     विश्वमा फैलिएको हिंसा र युद्धको अन्त्य, शान्ति, सद्भाव र समानता, जलवायु विनाशको रोकथाम र सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने शान्तिपूर्ण प्रदर्शनीको मुख्य उद्देश्य रहेको डा केसीले बताए ।

nijgadh-supermart-adz1200-630