skip this yams_Max_Hospital.jpeg

आईपीएल : मुम्बई कोलकत्तासँग ७ विकेटले पराजित

501 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ।
    मुम्बईको यो लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग हारेको थियो।
   आबुधाबीमा साविक विजेता मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकात्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।​
    कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले। नितिश राना ५ रनमा अविजित रहे।​ भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।
    मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए। कोलकात्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २र२ विकेट लिए। यस जितसँगै कोलकात्ताले ९ खेलमा ८ अंक जोडेको छ।
   कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।

nijgadh-supermart-adz1200-630