skip this farak Kura Pravakar

काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिन थालियो

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : काठमाडौंमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ ।
खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो ।
खोप लगाउनका लागि काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ ।
खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।तीन दिनसम्म खोप दिने तयारी छ ।

nijgadh-supermart-adz1200-630