skip this yams_Max_Hospital.jpeg

विराटनगरमा अवतरण नभएको बुद्ध एयरको जहाज काठमाडौँमा ‘आकस्मिक’ अवतरण

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान ‘आकस्मिक’ र सुरक्षित अतवरण भएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको ९ एन एएनआई एटिआर विमान केहीबेरअघि त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो ।
दुई घण्टा आकाशमा होल्ड भएको विमानको इन्धनसमेत सकिन लागेपछि आवश्यक सबै आकस्मिक तयारी पूरा गरेर अवतरण गरिएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।
विमानमा कति यात्रु थिए भन्नेबारे अहिलेसम्म केही खुलाइएको छैन । विमान ठिकठाकसँगै अवतरण भएपछि सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेका छन् ।

nijgadh-supermart-adz1200-630