पछिल्लो पुस्ताले नेतृत्वमा दाबी गर्नु स्वभाविक हो – गगन थापा
वि.सं.२०७९ साउन २१ शनिवार १६:२३
1.53K
shares

काठमाडौं । पहिलो पुस्ताका नेतालाई राजनीतिबाट सम्मानजनक बहिर्गमन गराएर पछिल्लो पुस्ताले नेतृत्वमा दाबी गर्नु स्वभाविक रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । आगामी निर्वाचन पछि नेपाली कांग्रेस सरकारमा रहेको अवस्थामा आफूले त्यसको नेतृत्व लिनेबारे पार्टीभित्र छलफल चलाइरहेको पनि उनले बताए ।
इकोनोमिक डिस्कसन फोरमले आज काठमाडौंमा आयोजना गरेको ‘नेपालको आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ विषयक कार्यक्रममा बोल्दै थापाले आफुले प्रतिनिधि सभा सदस्य र मन्त्रीका रुपमा अनुभव लिइसकेकाले सरकारको नै नेतृत्व लिन चाहेको बताएका छन् । उनले नेपालमा राजनीतिक दलको सदस्यता प्रणाली ठिक नरहेका कारण क्षमता भएका व्यक्तिहरु पनि नेतृत्व तहसम्म पुग्न नसकेको बताएका छन् ।
‘
वि.सं.२०७९ साउन २१ शनिवार १६:२३

















