अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको तामझाम (फोटो फिचर)
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.jpg)
वि.सं.२०७८ असोज १४ बिहीवार १६:०८
![image image](https://faraknepal.com/wp-content/uploads/2021/09/20210930_155948.jpg)
काठमाडौ : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीमा सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् भने अन्य शीर्ष नेताहरुको पनि सहभागिता रहेको छ। यस्तै देशभरबाट उल्लेख्य संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको सम्मेलनको उद्घाटनमा तामझाम गरिएको छ ।
अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी भएका छन् । यसअघिका सम्मेलनमा २२ सयको हाराहारीका प्रतिनिधिहरुको सहभागिता हुने भए पनि कोरोना महामारीलगायतका कारणले यसअघि थोरै प्रतिनिधिको सहभागिता रहेको हो ।
यो पनि… आफूले चुनाव जिते प्रचण्डको ‘प्लान’ कार्यान्वयन गर्ने दाबी सम्मेलनको नारा ‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने तय गरिएको छ । उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ । सम्मेलनबाट अखिल क्रान्तिकारीको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष
सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन् । यस्तै, महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.png)
वि.सं.२०७८ असोज १४ बिहीवार १६:०८