skip this yams_Max_Hospital.jpeg

बुद्ध एयरको विमान सकुशल अवतरण गराउने पायलट शेर्पालाई विमान उडाउन रोक

645 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् ।
गत सोमबार ८ः३० मा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौँमा अवतरण गरेको थियो ।
    सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्तकाल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । स्रोतका अनुसार उनीमाथि पनि छानबिन भइरहेको छ ।
    विमानमा कुनै समस्या आए पायलटमाथि पनि छानबिन हुने र छानबिनमा परेका पायलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन् ।
     उनले छानबिनको अवधिमा पायलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन् ।
अहिलेलाई उनको पायलट लाइसेन्स स्थगित गरिएको छ ।
     ७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो । तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौँमा नर्मल अवतरण गरिँदा ठूलो दुर्घटना टरेको थियो । त्यसपछि क्याप्टेन शेर्पाको सबैतिरबाट प्रशंसा भएको थियो ।

nijgadh-supermart-adz1200-630