संकटमा पाठे बाघको बसोबास

वि.सं.२०७८ साउन १९ मंगलवार २२:५१

बारा : जङ्गल आसपासका क्षेत्रहरुमा मानबिय गतिबिधि बढ्दै जाँदा बारामा दुर्लभ पाठे बाघको बसोबास क्षेत्र नष्ट हुदै गएको छ ।
पूर्व–पश्चिम राजमार्ग निर्माण, बढ्दो औधोगिकीकरण, भौतिक पुर्वाधार निमार्णका कारण बाघको बासस्थान क्षेत्रहरु मानविय चेपुवामा परेर नष्ट हुँदै गएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जको अम्लेखगञ्ज–पथलैया र पथलैया–तामागढी सडक खण्डमा चर्को हर्न बजाएर गुड्ने ओभरलोडका सवारी साधनको कारण बाघ राजमार्गको नजिकको वन क्षेत्र भन्दा पनि चुरे क्षेत्रतर्फ मात्रै बस्न रुचाउने गरेको विज्ञहरुले बताउछन् ।
सन् १०१८ को गणनामा पर्सा निकुञ्जमा मात्रै पाटे बाघको संख्या १८ रहेकोमा यो चार वर्षको अन्तरालमा बढेर बाघको संख्या २३ देखि २५ को हाराहारीमा पुगेको छ ।
पछिल्लो समय निकुञ्जको हलखोरिया दह क्षेत्र बाघका लागि बासस्थान र आहारा दुवै हिसावले उपयुक्त रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए ।
यस क्षेत्रमा एक बयस्क पोथी बाघले ३ वटा डमरु जन्माएकी छिन् । ४७ हजार १ सय ८१ हेक्टर बाराको कुल वन क्षेत्रमध्ये १५ हजार ९ सय ९१ हेक्टर पर्सा राष्ट्रिय निकुञ्ज पर्दछ ।

वि.सं.२०७८ साउन १९ मंगलवार २२:५१