skip this yams_Max_Hospital.jpeg

प्रचण्डको सल्लाहमा प्रधानमन्त्री देउवाले कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने तयारी

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र उर्जामन्त्री जर्नादन शर्मा प्रभावकरले अवसर दिएकै कारण उज्यालो नेपाल बनाउने अभियान सफल भएको भनेर अन्तवार्ता दिएका कुलमान घिसिङ पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्ने अवसर पाउने भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गणबन्धनका योजनाकार प्रचण्डको सल्लाहमा प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेका छन् ।
मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् । कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् ।
उर्जा मन्त्री भुषालले कुलमानलाई नियुक्त गर्न शाक्य हटाउन प्रधानमन्त्री देउवा सकारात्मक देखिएका छन् । जसका लागि प्रधाानमन्त्री देउवाले कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।
कुलमान घिसिङलाई प्राधिकरणमा फर्काउन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउबासँग छलफल गरेका थिए ।
अघिल्लो कार्यकालको कार्यम्पादनको आधारमा पुनः नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डले पटक–पटक आग्रह गरेका थिए । तर, ओलीले प्रतिस्पर्धा प्रक्रियाको बहाना बनाएर घिसिङलाई नियुक्ति दिन अस्वीकार गरेका थिए । तर, शाक्यलाई भने ओलीले कुनै प्रतिस्पर्धा नै नगराई सोझै नियुक्ति दिएका थिए । नयाँ सरकार बनेपछि नै प्रचण्डले कुलमानलाई बोलाएर पुनः प्राधिकरणमा गएर काम गर्ने तयारी थाल्न भनेको स्रोतले बतायो ।
तत्कालिन प्रधानमन्त्री ओलीले कुलमानलाई नियुक्ति नगरेको भन्दै उनको जनस्तरबाट आलोचना भएको थियो । आलोचनालाई वेवास्ता गर्दै शाक्यलाई नियुक्त गरेका थिए ।

nijgadh-supermart-adz1200-630