skip this yams_Max_Hospital.jpeg

बुटवलमा शान्ति समाजले मनायो अहिंसा दिवस  

462 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रुपन्देही: मानव अधिकार तथा शान्ति समाजले बुटवलमा अहिंसा दिवस मनाएको छ । समाजको रुपन्देही शाखाको आयोजनामा बुटवलस्थित चौराहामा अहिंसा दिवस मनाइएको हो । महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा अहिंसा दिवस मनाउने गरिन्छ ।

समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिनै समाज, मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको बताउँदै हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यबद्धता र प्रयास हुनुपर्ने बताए ।

समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका रहने बताउँदै सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई पनि हिंसारहित समाज र राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

‘अहिंसा पवित्र एवम् गौरवमय मार्ग’ भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन गरिएको समाजका अध्यक्ष डिपी खनालले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630