skip this yams_Max_Hospital.jpeg

नेपाली गलैँचामा ७० प्रतिशत ‘भ्यालु एड’  

519 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : नेपालमा उत्पादन भएर निर्यात हुने गलैँचामा ७० प्रतिशत ‘भ्यालु एड’ हुने नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघले बताएको छ । संघको चौथो वार्षिक साधारण सभामा अध्यक्ष रामबहादुर गुरुङले गलैँचामा ७० प्रतिशत ‘भ्यालु एड’ हुने गरेको बताए ।

उनले भने, ‘तर, राज्यले गलैँचा निकासीमा जम्मा ५ प्रतिशत नगद अनुदान दिन्छ । यो, ३० प्रतिशत भ्यालु एड गर्ने कम्पनी सरह हो ।’ सरकारले नेपालबाट निकासी हुने सबै प्रकारका वस्तुमा ५ प्रतिशत नगद अनुदान दिँदै आएको छ ।

नगद अनुदान सम्बन्धी कार्यविधि, २०७५ अनुसार निर्यातकर्ताले उक्त अनुदान पाउँछन् । २०७५ भन्दा अगाडिसम्म जम्मा ३ प्रतिशत नगद अनुदान थियो ।

संघले नेपाली गलैँचालाई मूल्य अभिवृद्धिका आधारमा थप प्राथमिकतामा राख्नुपर्ने माग सरकार समक्ष राखेको छ ।

nijgadh-supermart-adz1200-630