skip this farak Kura Pravakar

३९१ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ‌ : नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९६६ जनाको पीसीआर परीक्षणमा ३८५ र १ हजार १११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
   पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६८० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
    निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630