skip this

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ । राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।

बुधबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

nijgadh-supermart-adz1200-630