skip this

सेती नदीमा ६० जना फसे, बाढीले झोलुङ्गे पुल बगाउँदा उद्धारमा कठिनाइ

681 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।
वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिए । ‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको छ,’ वडाध्यक्ष धामीले भने, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् ।
बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ । सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताए ।
‘हाम्रो गाउँपालिकाका अध्यक्ष काम विशेषले काठमाडौँ जानुभएको थियो । उहाँ अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुवारटार पुग्नुभएको छ,’ धामीले भने, ‘म धनगढी आएको थिएँ, अहिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छु । मन्त्री ज्यू पनि कञ्चनपुर जानुभएको रहेछ । मौसम सफा हुने बित्तिकै हेलिकप्टर पठाउने आश्वासन दिनुभएको छ ।’ उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन् ।
उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएका छन् । उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको वडाध्यक्ष धामीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630