skip this farak Kura Pravakar

जंगली हात्तीको आक्रमणबाट पति-पत्नीको मृत्यु

735 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलमा जंगली हात्तीको आक्रमणबाट पति–पत्नीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार बुधबार बिहान जंगली हात्तीले आक्रमण गर्दा ५५ वर्षीय ध्वजबहादुर कार्की र ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको छ ।
घर आँगनमा राखेको धान खाँदै गरेका हात्तीको बथानलाई भगाउन जाँदा दुवै जनामाथि हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् । हात्तीको बथान बुधबार बिहान ३ बजे बस्ती छिरेको थियो ।
घटना स्थलमा अहिले प्रहरीको टोली पुगेको छ । आक्रमण गर्ने हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको प्रहरीले बताएको छ ।
हात्तीको बथानले मानवीय क्षति गर्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

nijgadh-supermart-adz1200-630