skip this farak Kura Pravakar

प्रादेशिक अस्पताल कलैयामा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीहरूको ‘कम्प्लिट पेन डाउन’ चेतावनी

78 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-प्रादेशिक अस्पताल कलैयामा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत पाँच महिनादेखि तलब नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन्।

अस्पतालमा कार्यरत छात्रवृत्ति करारका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै २०८३ साल वैशाख २८ गतेदेखि आफूहरूको खातामा तलब जम्मा नभएसम्म अस्पतालका सेवाहरू पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका हुन्।

स्वास्थ्यकर्मीहरूले लगातार पाँच महिनासम्म तलब नपाउँदा दैनिक जीवन सञ्चालन गर्न कठिन भएको बताएका छन्। पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको उनीहरूको गुनासो छ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगत पाँच महिनादेखि मासिक तलब नपाएकाले मिति २०८३/०१/२८ गतेदेखि तलब हाम्रो खातामा नआएसम्म अस्पतालमा प्रदान गरिने सेवाहरू बन्द गर्ने निर्णय गरेका छौँ।”

स्वास्थ्यकर्मीहरूको ‘कम्प्लिट पेन डाउन’ आन्दोलनका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुन सक्ने देखिएको छ। बिरामी तथा सेवाग्राहीहरूलाई समस्या हुन सक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल समस्या समाधान गर्न दबाब बढेको छ।
यता अस्पताल प्रशासन तथा सम्बन्धित सरकारी निकायबाट भने हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन।

nijgadh-supermart-adz1200-630