skip this farak Kura Pravakar
५ लाखभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी
उत्तरपुस्तिका केन्द्रमै परीक्षण गर्दा नतिजा छिट्टै सार्वजनिक

एसईई नतिजा सार्वजनिक : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

उत्तीर्ण दरमा सुधार, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा नतिजा छिट्टै सार्वजनिक

69 shares
oil-nigam-amlekhgunj-adv.jpeg

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा घोषणा गरिएको हो।

यस वर्षको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले नतिजा सार्वजनिक भए पनि केही समयपछि मात्रै वेबसाइटमा हेर्न मिल्ने जनाएको छ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले विगतको तुलनामा छिट्टै नतिजा प्रकाशित गर्न सम्भव भएको बोर्डले जनाएको छ।

परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना सहभागी रहेको बोर्डले जानकारी दिएको छ।

nijgadh-supermart-adz1200-630