skip this farak Kura Pravakar

बर्दियाका दर्जनौं बस्ती डुबान‚ करिब पाँच हजार विस्थापित

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं  : अविरल वर्षाका कारण आएको कर्णाली नदीको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा दर्जनौं बस्ती डुबानमा परेका छन्।
बाढीका कारण यस क्षेत्रका एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन्।बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार बाढीबाट एक हजारभन्दा बढी परिवारका करिब पाँच हजारजना विस्थापित भएका छन्।
राजापुरको भदाली नालाबाट पसेको बाढीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ।गेरुवाको वनकट्टीबाट पसेको बाढीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको प्रजिअ सुनारले जानकारी दिए। बाढीपीडितहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले उद्धार गरेका छन्।बाढीबाट यस क्षेत्रमा अहिलेसम्म मानवीय क्षति भने नभए पनि घर तथा अन्नबाली भने पूर्णरुपमा नष्ट भएको छ। सुरक्षित स्थानमा सारिएका पीडितहरुलाई स्थानीय तहले व्यवस्थापन गरिररहेका छन्।
अहिले थप उद्दार र राहतका लागि जिल्ला प्रशासन, रेडक्रस, सुरक्षाकर्मीसहितको टोली राजापुरतर्फ गएको प्रजिअ सुनारले बताए।
अहिले कर्णाली नदीमा पानी बहाव घट्दो क्रममा रहेको छ। तर‚ जोखिम भने कायमै रहेकाले नदीमा नुहाउन जाने, काठ दाउरा निकाल्ने र माछा मार्ने जस्ता गतिविधि नगर्नसमेत जिल्ला प्रशासनले अनुरोध गरेको छ।क्षतिको विवरण संकलन गर्दैअबिरल वर्षाले धानबालीलाई ठूलो क्षति पुर्‍याएको छ।
खेतमा काटेर राखेको धानबाली खेतमै उम्रिन थालेपछि किसान चिन्तित भएका छन्।किसानहरुले आफ्ना समस्या बुझेर राहतको प्याकेज ल्याउन माग गरेका छन्। ठाकुरबाबा, मधुवन र राजापुर नगरपालिकाले क्षतिको विवरण कार्यालयमा पेश गर्न आग्रह गरेका छन्।बाढीपीडितलाई राहतअक्सिजन बैंकले बाढीबाट प्रभावितलाई पहिलो चरणको राहत सामग्री मंगलबार वितरण गरेको छ।
बैंकले राजापुर नगरपालिकामार्फत बाढीपीडित परिवारलाई राहत सामाग्री वितरण बैंकका संयोजक भरत पौडेलले बताए।बैंकले २६ थान त्रिपाल, ५० कार्टन पानी, ५० किलो दालमोट, एक क्विन्टल चिउरा र २० कार्टन चाउचाउ वितरण गरेको छ। यस्तै‚ युवा समूहले पनि ३० वटा पाल सहयोग गरेको छ।

nijgadh-supermart-adz1200-630