skip this farak Kura Pravakar

तिलगंगामा बसको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठामाडौं-काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकमा बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँबानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630