skip this farak Kura Pravakar

हुम्लाको तुम्लिङमा फसेका १२ जनाको उद्धार

834 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : हुम्लाको नाम्खा गाउँपलिका–६ लिमीको तुम्लिङमा फसेका १२ जनाकै उद्धार गरिएको छ । हेलिकप्टरमार्फत १२ जनालाई नै तुम्लिङबाट सिमकोट ल्याइएको हो ।
    ट्रेकिङ एजेन्सीको सहयोगमा १२ जनाकै हेलिकोप्टरबाट उद्दार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । असोज २२ गते ट्रेकिङका स्लोभेनियाका चार विदेशी पर्यटक, तीन टुरिस्ट गाइड र पाँच स्थानीय हिल्साहुँदै लिमी उपत्यका गएका थिए ।
   ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा बाक्लो हिमपातका कारण तुम्लिङमा फसेका थिए । तुम्लिङबाट सिमकोट आउने मुख्य बाटो न्यालु लेकमा बाक्लो हिमपातले चार दिनदेखि अवरुद्ध छ।

nijgadh-supermart-adz1200-630